डिभर्नाको अमिलेमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ११ डिभर्नाको अमिलेमा एक महिलाको भिरबाट लडेर मृत्‍यु भएको छ । 
डिभर्नाको अमिलेमाका कृष्ण बुढाथोकीको ३२ वर्षिया श्रीमती कमला बुढाथोकीको आईताबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
अमिलेको भिरापुछुर भिरमा कान्छी छोरी संगीता बुढाथोकीसँग घाँस काट्न गएकी कमला एक्कासी लगभग ३ सय मिटर तल लडेकी थिईन् । भिरबाट लडेकी कमलालाई स्थानियबासीले जिल्ला अस्पताल अर्घाखाँचीमा पुराएका थिए । जिल्ला अस्पतालमा उपचार हुन नसक्दा उनलाई बुटवल रिफर गरेको र बुटवल लैजाने क्रममा पथरकोट माथिको जंगलमा निधन भएको थियो । 
कमलाका २ छोरा र १ छोरी छन् । श्रीमान केही दिन अगाडि वैदशिक रोजगारीबाट घर फर्केका थिए । 

अन्य समाचारहरु