अर्घाखाँचीडट्कम संवाददाता
कुंडुले फांट, अर्घाखाँची । चौथो अर्घाखाँची महोत्सवको सन्धिखर्कको कुंडुले फांटमा हिजो १० औं दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका छन ।
कलाकारहरुमा रक्तिम परिवारका जनगायक जीवन शर्मा, गायिका शोभा त्रिपाठी, रोमा न्यौपाने, हाँस्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा), भावना आचार्य, आकार कला केन्द्र, साथी इन्टरटेनमेन्ट अर्घाखाँचीका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिएका छन ।
अन्य दिनको तुलनामा जनगायक जिवन शर्मा आउने भनेर १७ हजार भन्दा बढीको उपस्थिती रहेको थियो । जुन अहिलेसम्मको सबैभन्दा उपस्थिती हो । अन्य दिनको तुलनामा जनगायक जिवन शर्माको प्रस्तुति बढी मानिस आएको देखिन्थियो ।
उता महोत्सव यहि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आज ११ दिन बद्री पंगेनी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिने आयोजकले बताएको छ ।