
पशुपती श्रेष्ठ
छत्रदेव,अर्घाखाँची(अर्घाखाँची डट्कम) छत्रदेव गाउँपालिकामा रहेका सार्वजनिक विद्यालयहरुमा राजनीति पार्टिका बैठक सेमिनार जस्ता कार्यक्रमहरु विद्यालय परिसर भित्र गर्दा विद्यार्थिहरुको पढाईमा गम्भिर असर परेको छ ।
हरेक दिन कुनै न कुनै राजनीति पार्टी र गैरसरकारी संस्थाहरुले गाउँपालिकामा रहेका हरेक विद्यालय समयमा बैठक, तथा विविध कार्यक्रम हुदा विद्यार्थीहरुको पढाईमा असर परेको हो ।
पालिकाको सार्वजनिक माध्यमिक विद्यालयमा दिनहु कुनै न कुनै पार्टिका र संस्थाका कार्यक्रम हुदा पढाई गर्ने विद्यार्थी भाईबहिनीहरु परिक्षामा राम्रो अंक ल्याएर पास भएका छैनन् ” भने सधै विद्यालय समयमा विविध कार्यक्रमले गर्दा पढाई नहुने र शिक्षकहरु कार्यक्रम तथा बैठकमा केन्द्रीत हुनाले शिक्षामा अवरोध भएपछि विद्यार्थीहरु पढाईमा निकै कम्जोर हुँदै गएका छन ।
सार्वजनिक विद्यालयमा कुनै पनि कार्यक्रम अथवा बैठक बस्दा विद्यालय व्यवस्थापनलाई जानकारी दिएर त्यो पनि विदाको समयमा कुनै पनि औपचारिक कार्यक्रम गर्न स्थानिय युवाहरुले जोड दिएका छन । कोहि विद्यालयमा राजनीतिक पार्टि र गैरसरकारी संस्थाका बैठक तथा कार्यक्रम नगर्न माग गरेका छन ।



