अर्घाखाँची समाज जापानद्दारा रुकुमका कृष्ण ओलीलाई आर्थिक सहयोग

प्रेम खड्का 
काठमाडौं ।  दुबै हात र देब्रे खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई अर्घाखाँची समाज जापानले सोमबार आर्थिक सहयोग गरेको छ ।
गत जेठ २५ गतेहो मिल सञ्चालकले विद्युत चोरी गरि मिल चलाउन लाइन जोड्दा दुर्घटना भएर दुबै हात र देब्रे खुट्टा गुमाएका कृष्ण ओलीलाई उनको काठमाडौं निवासमा पुगी अर्घाखाँची समाज जापानले ६७ हजार ४ सय ३१ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
रुकुमको सानोभेरी गाउँपालिकामा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। उनले तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेर लागेको थियो ।
सामाजिक अभियान्ता सचिन पाण्डेको पहलमा ओलीलाई जापान समाज अर्घाखाँचीको सहयोग हस्तान्तरण गरिएको हो । 

अन्य समाचारहरु