प्रहरी सहायता कक्षद्दारा चौथो अर्घाखाँची महोत्सब हेर्न आएकाको नगद सहितको समान फेला पारी हस्तान्तरण

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची  ।  अर्घाखाँची उद्योग बाणीज्य संघ अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा जारी रहेको चौथो अर्घाखाँची महोत्सब लागि नेपाल प्रहरीको नागरिक सहायता कक्षले हराएको सामाग्री फेला पारी हस्तान्तरण गरेको छ ।
 चौथो महोत्सव अर्घाखाँची हेर्न आएकी सन्धिखर्क भक्तिटोलाकी सम्झना पन्थीको नगद सहितको समान फेला पारेर प्रहरीले हस्तान्तरण गरिएको हो ।
 
प्रहरी जवान अर्जुन खत्री र हवह्ल्दार् रुद्र डागीले फेला पारी बुझाएका हुन् ।   
अर्घाखाँची चौथो महोत्सव हेर्न आएका नागरिकहरुको सुरक्षाका लागि भन्दै सहायता कक्ष सन्चालन गरेको छ । 
हायता कक्षबाट प्रहरीले अर्घाखाँची चौथो महोत्सव हेर्न आएका बालबालिका हराएका वा समस्या परेका नागरिकहरु उद्दार तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।   

अन्य समाचारहरु