ठाडामा आइपास नेपालको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, माघ ९ अर्घाखाँची- आइपास नेपाल जिल्ला परियोजना सल्लाहकार समितिको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सितगंगा नगरपालिकाको ठाडामा सम्पन्न भएको छ । 
जिल्ला समन्वय समितिका संयोजक पिताम्वर भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख ऋषिबहादुर पुलामी, ठाडा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर विभेष मण्डल, नर्स कमला ज्ञवाली अनमी श्रृजना घिमिरे, जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर विजय विक,आइपास नेपाल केन्द्रीय कार्यालयकी थमकुमारी कुवँर, जिल्ला संयोजक सोयव महम्मद, पत्रकार महासंघका जिल्ला सदस्य अर्जुन भुसाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीको अध्यक्षता र स्वास्थ्य केन्द्रका ल्याव असिसटेण्ट गणेश कुमार पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । आइपासले नेपाल सरकारले लागू गरेको निशुल्क सुरक्षित गर्भपतनको कार्यक्रमलाई सघाउ पु¥याइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा, प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट, स्वास्थ्य चौकीहरु सुवर्णखाल, जुकेना, सिद्धारा, पाली, पोखराथोक, अर्घातोष, खिल्जी, धारापानी, हंसपुर र खनबाट निशुल्क रुपमा गर्भपतन सेवा सञ्चालनमा आएको छ । आइपासले सुरक्षित गर्भपतन कार्यक्रमलाई सफल पार्न तालिम, क्षमतावृद्धि लगायतमा सहयोग पु¥याइरहेको छ ।

अन्य समाचारहरु