सन्खिर्कमा महिलाहरुलाई नेतृत्व तथा संस्थागत विकास सम्वन्धी दुई दिने तालिम सुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, माघ ९ अर्घाखाँची।  सन्धिखर्क नगरपालिकाको आयोजनामा महिलाहरुलाई नेतृत्व तथा संस्थागत विकास सम्वन्धी दुई दिने तालिम आजबाट सन्खिर्कमा सुरु भएको छ ।
 तालीमको उद्घाटन गर्दे नगरउपप्रमुख ठाकुर कुमार बिकले महिलाहरु आफ्नो हक अघिकारको लागि एकताबृद्ध भई लाग्नुको विकल्प नरहेको बताउँदै देशमा परिवर्तन ल्याउनको लागि महिलाको ठूलो भूमिका रहेकोले ती उपलब्धीको रक्षा गर्नको लागि सबै महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिनु भयो । 
कार्यक्रम महिला बालबालिका संयोजक बेलकुमारी परियारको अध्यक्षता नायब सुब्बा विनोद कुँबरको सञ्चालनमा सम्पन्न भएको हो । तालीमको सहजीकरण निमित्त कार्यकारी प्रमुख गोविन्द के.सीले गर्नु भएको छ ।

अन्य समाचारहरु