सन्धिखर्कमा पाठेघरको क्यान्सर सम्बन्धि एक दिने निशुल्क शिविर सम्पन्न

 प्रेमनारायण आचार्य 
सन्धिखर्क, माघ ९ अर्घाखाँची।  अर्घाखाँचीको सन्धिखर्कमा महिलाहरुको पाठे घरको मुखको क्यान्सर सम्बन्धि एक दिने निशुल्क शिविर सम्पन्न भएको छ । 
सुनौलो परिवार नेपाल मेरि स्टोप्स सेन्टरको आयोजनामा सञ्चालन भएको एक दिने निशुल्क पाठेघरको मुखको क्यान्सर सम्बन्धि शिवरि सम्पन्न भएको हो । शिविरमा ३० देखि ५० बर्ष उमेर समुहका २० जना महिलाहरुको पाठेघर चेक गराएको मेरी स्टोप्स सेन्टरका अर्घाखाँची प्रमुख दिपक शर्माले बताए । 
पाठेघर सम्बन्धि शिवर आज निशुल्क भएपनि ससुल्क रुपमा भोलिबाट दैनिक रहने पनि मेरी स्टोप्स सेन्टरले बताएको छ ।

अन्य समाचारहरु