सुर्य भुसाल
मालारानी, अर्घाखाँची ९ माघ । अर्घाखाँचीको मालारानी गाउँपालिकाले अतिरन्जित र भ्रामक समचारहरु सम्प्रेषण नगर्न आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खगेन्द्रराज मरासिनिले प्रेस बिज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले माघ महिनामा बस्ने गाँउसभाबाट रकमान्तर गरि भत्ता लगायतका अन्य खर्च भुक्तानी गर्नेगरी कार्यक्रम तय गरिएको जनाउनु भएको छ ।
पुर्व निर्णय अनुसारको विनियोजित रकम पाँच लाख शिक्षा अधिकृतहरुलाई पेश्की बापत उपलब्ध गराईएको तथा बाँकी रकम पन्द्र लाख चौध हजार छ सय माघ महिनामा बस्ने गाँउसभाबाट रकमान्तर गरि खर्च गर्ने उल्लेख गर्नुभयो ।
आफुहरु अहिले जनताको घरमा पुगेर सेवा दिईरहेको र जनता निकै खुसि भई रहेको अबस्थामा भ्रामक समाचारले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
गाउपालिकाले आगामी शैक्षिक शत्रदेखी अङ्ग्रेजी माध्यम बाट पठनपाठन सुरु गराउने, कक्षा ८ को जिल्ला स्तरिय परीक्षा गाउपालिका बाट गराउने, प्रधानाध्यपकहरुलाई तालिम दिने, घुम्ती सिबिर मार्फत जनताको घरमा पुगेर सेबा दिने, सामाजिक सुरक्षा भत्ता गाउमा पुगेर बितरण गर्नेजस्ता नमुना योग्य काम गरिरहेको छ ।
सत्यतथ्य नबुझी पुर्वाग्राही र भ्रामक समाचार सम्प्रेषण गर्दा पालिकावासीलाई नकारात्मक सन्देश जाने तथा आफुहरुले गरेका काममा बाधा पुग्ने भएकाले सत्यतथ्य बुझेर मात्र कलम चलाउन पालिका प्रमुख बालकृष्ण आचार्यले आग्रह गर्नुभयो । यस्ता कपोकल्पित र पुर्वाग्राही ढंगले लेखिएका समाचारले चित्त दुखेको पनी उहाँको भनाई छ ।