प्रेमनारायण आचार्य
जोगीमारे, अर्घाखाँची ९ माघ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर-११ डिभर्नाको जोगीमारेमा रुखबाट लडेर एक महिलाको ज्यान गएको छ ।
सन्धिखर्क-११ जोगीमारे निवासी ४२ बर्षिय मिना गैरेको आफ्नै खरबारीमा घास काटने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
स्थानीय मिथुन क्षेत्रीका अनुसार उनी खरबारीमा रहेको धार्ने काट्न रुखमा चढेकी थिईन । धार्नेको रुख जरैबाट पल्टिदा गम्भीर घाइते भएकी गैरेको उपचारकोलागि सन्धिखर्क ल्याउदै गर्दा ज्यान गएको हो ।