सन्धिखर्कमा महिलाहरुलाई नेतृत्व तथा संस्थागत विकास सम्वन्धी दुई दिने तालिमको समापन

अनिल नेपाली
सन्धिखर्क माघ १० । सन्धिखर्क नगरपालिकामा आज एक कार्यक्रममा बीचमा महिलाहरुलाई नेतृत्व तथा संस्थागत विकास सम्वन्धी दुई दिने तालिमको समापन गरिएको छ कार्यक्रम सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार वि.क किशोर प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ ।
तालिमको समापन गदै नगर उपप्रमुख वि.कले महिलाहरु आफ्नो हक अघिकारको लागि एकताबृद्ध भई लाग्नुको विकल्प नरहेको बताउँदै देशमा परिवर्तन ल्याउनको लागि महिलाको उल्लेखनीय भूमिका रहेको बताउँदै महिला सक्षम योग्य भएमा मुलुकमा परिवर्तन हुनको लागि कुनै समय नलाग्ने बताउदै त्यसका लागि महिलाहरु हरेक संघसंस्थामा नेतृत्वको लागि तयार हुनुपर्ने बताउनुभएको थियो ।
 अझै पनि कही कतै अशिक्षा गरिबी का कारणले महिलाहरुले आफनो हक अघिकारबारेमा थाहा नहुनाले महिलाहरु दबिएर बस्नुपरेको बताउदै बडा बडा सचेतना अभियान चाल्नु पर्ने बताउनुभएको थियो कार्यक्रममा कानुनी व्यबसायी निमित्त प्रमुख प्रशासकीय गोविन्द के.सी , पुष्पा भुसाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम महिला बालबालिका संयोजक बेलकुमारी परियारको अध्यक्षता नायब सुब्बा विनोद कुँबरको सञ्चालनमा हिजो देखि सञ्चालन भएको थियो कार्यक्रममा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

अन्य समाचारहरु