अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी स्वाथ्य सेवा सहकारी सँस्था लिमिटेड (लुहेस्को)अर्घाखाँचीको १० औं वार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद वन्जाडेको अध्यक्षतामा सम्पन्न उद्घघाटन सत्रमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कमल प्रसाद भुसालले दशौं साधारण सभाको उद्घघाटन गर्नुभएको थियो ।
त्यसैगरि कार्यक्रमका विशेष अतिथि उपप्रमुख ठाकुर कुमार बि .क. (किशोर), सन्धिखर्क वाड नं. २का वार्ड अध्यक्ष मोतीजङ्ग रायमाझी, औषधी ब्यवसायि संघका जिल्ला अध्यक्ष लिलामणी ढुंगाना, अर्घाखाँची हस्पिटल प्रा.लि.का अध्यक्ष नारायण पौडेल, लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त साधारण सभामा जिल्ला हस्पिटलका सुमन ढकाल,नेपाल हृदय रोग निवारण सस्थाका अध्यक्ष सुर्य थापा, अर्घाखाँची टेक्निकल ट्रेनिङ्ग स्कुलका सहायक प्रिन्सिपल -राजेन्द्र भुसाल,नेशनल हेल्थ केयर प्रा.ली.का दशरथ पान्डे लगाएका बिभिन्न संघ संस्थाहरुको आतिथ्यता रहेकाे थियाे ।
सहकारीले आज साधारण सभाको अवसरमा शेयर सदस्यका सन्ततीहरूलाई seeपरिक्षामा उत्कृष्ट अङ्ग प्राप्त गर्ने जयलाल पन्थीका छोरा आयुस पन्थी र प्लस टु मा उत्कृष्ट अङ्ग प्राप्त गर्ने उर्मिला केसीका छोरा विपिन केसीलाई नगद सहित सम्मान पत्र प्रदान गरेकाे छ । त्यसैगरि उत्कृष्ट ब्यवसायिको रुपमा सन्धिखर्क नगरपालिका २ ,बन्जाडे मेडिकलका ब्यवस्थापक कृष्ण वन्जाडे र भुसाल मेडीकल हल गुल्मीका विश्व प्रसाद भुसाल लाई सम्मान गरिएको छ ।
साधारण सभामा संस्थाका पुर्व अध्यक्ष तिलक मिश्रले स्वागत गर्दै संस्थाको परिचय तथा गतिबिधीको वारेमा प्रकाश पार्नु भएको थियो । साधारण सभाको उद्घघाटन सत्रको सञ्चालन संस्थाका सचिव संगिता वन्जाडे गर्नु भएको थियो ।बन्द सत्रले संस्थाकाे बार्षिक समीक्षा र अागामी वर्षको कार्य याेजना तय गर्ने बताईएकाे छ ।