अर्घामा आदिवासी जनजातिहरुको ऐतिहासिक पृष्ठभूमी बिषय गोष्टी तथा बृद्ध बृद्धा सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता  
अर्घा, अर्घाखाँची  १३ माघ ।  आदीवासी जनजाति प्रतिको धारणामा एकरुपता ल्याउनेपर्ने सन्धिखर्क नगरपालिका १० नम्बर वडा अध्यक्ष लक्ष्मी नारायण चुदालीले बताउनुभएको छ । 
१० नम्बर वडाको आयोजनामा आदर्श आधारभूत विद्यालय अर्घामा भएको आदिवासी जनजातिहरुको ऐतिहासिक पृष्ठभूमी बिषय गोष्टी तथा बृद्ध बृद्धा सम्मान कार्यक्रममा बोल्दै चुदालीले संविधानले सबै जातजातिलाई आदीवासी, आदीवासी जनजातिको रुपमा लिएको भन्दै उक्त कुरा बताउनुभएको हो । उहाँले वडा कार्यालयले आदीवासी जनजातिहरुको पहिचान र विकासका निम्ती विभिन्न नीति तथा कार्यक्रम अगाडी सारेको बताउनुभयो । उहाँले आदीवासी जनजातिहरु मौलिक संस्कार र सस्कृतिको धरोहर भएको भन्दै संरक्षणमा एकजुट हुन पनि आग्रह गर्नुभयो । 
उहाँले वडा कार्यलयमा स्वास्थ्य इकाई स्थापना गरी सेवा दिएको भन्दै पशु स्वास्थ्य प्राबिधिकबाट पनि टोलटोलमा सेवा दिइदै आएको जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा वडासदस्यहरु चमकला भुसाल, शान्ता नेपाली, भेषराज क्षेत्री, ऋषिकेश भुसाल लगायतले मन्तब्य राख्दै आदीवासी जनजातिहरुमा रहेका संस्कार तथा संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा आदीवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष टोपबहादर वलाल, नेपाल मगर संघका निवर्तमान अध्यक्ष सुरज शारु, आदीवासी जनजाति महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायतले आदीबासी जनजातिको विकासक्रम तथा ऐतिहासिक पृष्ठभूमी, नेपालको संविधानको आदीवासी जनजातिको हकको बारेमा सहजीकरण गर्नुभएको थियो । 
आदीवासी जनजाति महासंघको बिचार गोष्ठी संयोजन समितिका अध्यक्ष बिष्णु बहादुर घर्तीको अध्यक्षता, वडा सचिव अरुण कुमार आचार्यको सञ्चालन, कम्प्यूटर अपरेटर लक्ष्मण आचार्यको स्वागत मन्तब्य रहेको कार्यक्रममा पशु स्वास्थ्य प्राविधिक प्रदिप आचार्य, संयोजन समितिका प्रकाश श्रेष्ठ लगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
 सोही अवसरमा ८० वर्ष उमेर पुगेका ६ जना बृद्ध बृद्धालाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो ।

अन्य समाचारहरु