अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । बन्जाडे समाज अर्घाखाँचीको भेला सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
भेलाले युवराज बन्जाडेको अध्यक्षतामा बन्जाडे समाज जिल्ला समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा जिबलाल बन्जाडे, सचिब गोकर्ण बन्जाडे र कोषाध्यक्षमा हुम प्रसाद बज्जाडे चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा गोपाल बन्जाडे, सोभाखर बन्जाड,े पदम बन्जाड,े शिव प्रसाद बन्जाड,े यमकला बन्जाडे रहनु भएको छ ।
भेलाले केन्द्रीय प्रतिनिधिमा धर्मराज बन्जाडे ५ नम्बर प्रदेश संयोजकमा पिताम्वर बन्जाडे तथा सल्लाहकारमा देबेन्द्र बन्जाड,े टामलाल बन्जाडे बालकृष्ण बन्जाडे बाबुराम बन्जाडे सालिकराम बन्जाडे दुर्गाप्रसाद बन्जाडे शिव बन्जाडे, डिलाराम बन्जाडे, रेमलाल बन्जाड,े भिम प्रसाद बन्जाडे र रण प्रसाद बन्जाडलाई चयन गरेको छ । भेलामा केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाडेले शुभकामना मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम युवराज बन्जाडेको अध्यक्षता र गोकर्ण राज बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।