सन्धिखर्कमा आयोजित बेमौसमी तरकारी उत्पादन प्रबिधि विषयक ३ दिने तालिम शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची १४ माघ २०७५  ।  सन्धिखर्क नगरपालिका निमित्त प्रमुख ठाकुर कुमार वि.क किशोरले सन्धिखर्क नरपालिकालाई उपभोग्य वस्तुमा आत्मनिर्भर वनाउन लागि परेको वताउनु भएको छ । 
सन्धिखर्क नगरपालिकामा आयोजित बेमौसमी तरकारी उत्पादन प्रबिधि विषयक ३ दिने तालिमको उद्घाटन गर्दै प्रमुख अथिति विकले कृर्षकलाई थोरै लगानी र समयमा धेरै उत्पादन हुने खालका प्रविधिको ज्ञान दिन थालेको बताउनुभयो । 
विकले सन्धिखर्क नगरपालिकामा उत्पादन हुने कृषि उपजको व्यवसायीकरणका लागि नगरपालिकाले पकेट क्षेत्रको निर्धारण गरिसकेको भन्दै किसानलाई वेमौसमी उत्पादनमा केन्द्रित हुन आग्रह गर्नुभयो । ‘वेमौसमी खालका तरकारी तथा कृषि उत्पादनले किसानलाई फाइदा पनि हुन्छ, वजारको पनि समस्या हुँदैन, नगर उप–प्रमुख विकले भन्नुभयो, ‘वेमौसमी तरकारी उत्पादन गर्दा वजारीकरणको व्यवस्था हुँदै आएको छ ।’
उहाँले किसानहरुलाई नगरपालिकाले वेमौसमि खेति तथा यसको उत्पादन सम्बन्धी क्षमता अभिबृद्धि तालिम तथा अभिमुखकीकरण गर्दै आएको भन्दै कृषि, शिक्षा, स्वास्थ्य लगायतका अत्यावश्यक पक्ष नगरपालिकाको प्राथमिकताको विषय भएको वताउनुभयो । 
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द केसी, वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रवत्ता लिला गौतम लगायतले तालिम सफलताको शुभकामना दिदै वास्तविक किसानलाई प्रयाप्त अवसरहरु पनि रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको सहजीकरण नगर कृषि शाखा प्रमुख टिकाराम न्यौपानेले गर्नुभएको थियो । ३ दिन सम्म चल्ने तालिममा नगर कृषि शाखा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कृषि जोन लगायले सहजीकरण गर्ने सूचना अधिकारी नारायण पोख्रेलले जानकारी दिनुभयो ।

अन्य समाचारहरु