प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची १४ माघ (अर्घाखाँचीडट्कम) । पर्यटकीय स्थल सुपा देउराली देखि ठाडाको डम्मरु दह सम्मको क्षेत्रलाइ पलाष्टीकमुक्त बनाउन शितगंगा नगरपालिकाका महिलाहरु दुना टपरी खुटन थालेका छन ।
विभिन्न जिल्ला तथा भारतबाट समेत आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पलाष्टीकको प्रयोग बढि गरेर सडकनै पलाष्टीकमय बन्न थालेपछि पलाष्टीकको विस्थापित गराउने अभियान शितगंगा नगरपालिकाले सुरु गरेको हो ।
भौगोलिक दृष्टीकोणले नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकाले पहिलो चरणमा मेसिनद्धारा दुना टपरी बनाउने तालिम सम्पन्न गरेको छ । महिलाहरुले खटेका दुनाटपरी प्रयोग गर्ने र पलाष्टीक प्रयोग गर्न नपाइने नियमपनि बनाइने शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए ।
पलाष्टीकमुक्त मात्र हैन दुनाटपरीबाट महिलाहरुलाइ आत्मनिर्भर बनाउन तथा रोजगारी सृजना गन र वातावरण प्रदुषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको शितगंगा नगर प्रमुख अधिकारीको भनाइ छ ।
१२ दिन सम्म सञ्चालन भएको दुना टपरी बनाउने तालिमको सफल महिला उद्यमी रुक्मीण पराजुलीले सहजीकरण गर्नु भएको थियो । तालिममा शितगंगा नगरपालिका वाड नम्वर ३ मा रहेका स्वावलम्वन महिला कृषक समुहका १७ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेस्मी, प्रशिक्षक रुक्मीणा पराजुली , समुहकी अध्यक्ष लक्ष्मी वेल्वासे लगायतले मन्तब्य राख्नु भएको थियो ।