डिभर्नामा महिला सहकारी क्षमता अभिबृद्दि तथा आरन वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले अायअार्जनलाई बढाउन तथा अात्म निर्भर हुने खालका योजनाहरु अाफुहरुले अगाडि बढाएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर  १२ डिभर्ना वडा कार्यालयकाे अायाेजनामा अाय‍जित  महिला सहकारी क्षमता अभिबृद्दि तथा अारन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भुसालले अायअार्जन बढाउनका लागि अाधुनिक खालका अारन उपलब्ध गराएपछि त्यसबाट लाखौं अाम्दानि गर्ने तर्फ केन्दित हुन अाग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकले नगरपालिकालाई नमुना बनाउन सबै नगरबासीहरुको साथ सहयोग सुझाब सल्लाहको खाचो रहेको बताउदै सहकारी मार्फत अाथिक अामदानि गर्ने अभियानमा लाग्न  वार्ड बासिलाई अाग्रह गर्नु भयो । उहाले अब सबै खालका क्रान्ति पूरा भएको बताउदै अार्थिक क्रान्तिको मुख्य अाधार गाउगाउमा सहकारी भएको बताउदै नयाँ योजनाहरुलाई प्राथमिकता दिदै स्वरोजगार श्रृर्जना गर्ने अभियानमा अाफुहरु लागेको बताउनु भयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत गोबिन्द केसी लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम वार्ड अध्यक्ष नारायण खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्य समाचारहरु