सन्धिखर्क एफएमद्धारा दलित बस्तीको बिद्यालयमा शैक्षिक सामाग्री बितरण (तस्बिर सहित)

श्याम घिमिरे 
सन्धिखर्क,  अर्घाखाँची माघ १५ । अर्घाखाँची मल्टिमिडिया प्रा.लि द्वारा सन्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्जले स्थापना भएको पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रबेश गरेको अबसरमा दलित बस्तीमा रहेको बिद्यालयका छात्रछात्राहरुलाई मंगलवार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री बितरण गरेको छ । 
रेडियोले सन्धिखर्क नगरपालीका वडानम्बर ९ अर्घामा रहेको अर्घा भगवती आधारभुत बिद्यालय दरबारका ७२ जना दलित समुदायका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो । 
सामाग्री बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक किशोरले समग्र जिल्लाको बिकास र समृद्धिको पक्षमा रेडीयोले गरेको भुमिका प्रति प्रशंसा गर्दे आगामी दिनमा अझै प्रभाककारी र रचनात्मक ढंगबाट अगाडी बढ्नु पर्ने भन्दै शुभकामना ब्यक्त गर्नु भयो । धार्मीक साँस्कृतिक एवं ऐतिहाँसीक महत्व बोकेको अर्घामा गरीएको कार्यक्रमले सकरात्मक सन्देश दिने बताउदै बिकले सञ्चार क्षेत्रको बिकासका निम्ती नगरपालीका सधै सकरात्कम रहेको बताउनु भयो । 
बिद्यालय ब्यबस्थापन समितिका सदस्य भक्त बहादुर परीयारको अध्यक्षता रेडियोका स्टेशन मेनेजर श्याम घिमिरेको स्वागत मनतब्य र पत्रकार जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकाली,बिद्यालयका प्रअ हरी बहादुर गन्र्धब,शिक्षक लक्ष्मी पोख्रेल लगायतले मनतब्य राख्दै रेडियोले सुचना र सञ्चारको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दे शुभकामना ब्यक्त गर्नुभयो ।
सन्धिखर्क २ चुत्राबेसी स्थीत प्रशिद्ध धार्मिक स्थल शिद्वेश्वर शिबालय मन्दिर भक्तिटोल बाट प्रसारित  एफएमले २०७४ साल माघ १ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो । बिहान ५ बजे देखी राती ११ बजे सम्म दैनिक १८ घण्टा सन्चालनमा रहेको रेडियोले ज्ञान,मनोरञ्जन,सुचना र बिभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरि प्रसारण गरिएको छ । 

अन्य समाचारहरु