खनदह साबडाँडाका बालकको उपचारको लागि पाण्डेको पहलमा सहयोग रकम हस्तान्तरण

प्रेम खड्का 
काठमाडौं । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदह साबडाँडाका जिब्रो पीडित बालकको उपचारको लागि सहयोग हस्तान्तरण गरिएको छ।
सामाजिक अभियान्ता सचिन पाण्डेको पहलमा UAE, Alfajer facilities & management) कम्पनी बाट  सालिक भुसाल, बिमल खनाल, खुमन ओलि, रन्जन गिरि र बिकास श्रेष्ठ लगायत समाज कल्याण फेसबूक ग्रुपको आयोजनामा पठाएको सहयोग रकम ४५ हजार ५ सय १४ रुपैयाँ बाबुराम अर्यालका छोरा जिब्रो पीडित बालक बिबेक अर्यालको परिवारलाई हस्तान्तरण गरिएको हो ।      
सहयोग हस्तान्तरण गर्न नेपालकै कान्छा अभियान्ता केपी खनाल, शिव देव पाण्डे, अर्जुन पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
बिबेक अर्यालको उपचारका लागि पैसाको समस्या परेको हुँदा परिवारले सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । बालकको उपचारका लागि जिब्रो काट्नु पर्ने बताइएको छ । 

अन्य समाचारहरु