अर्घाखाँचीकी मृगौला पीडित नवोदिन गायिका रन्जना विश्वकर्माको उपचारको क्रममा निधन (भिडियो सहित)
माघ १६ गते, २०७५ मा प्रकाशित
स्व.रन्जना विश्वकर्मा ।
अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ स्थायी घर भएकी नवोदिन गायिका रन्जना विश्वकर्माको उपचारको क्रममा निधन भएको छ । विगत लामो समय देखि दुबै मृगौलाले काम गर्न छोडेपछि उनी नेपाल लगायत भारतका विभिन्न स्थानमा उपचाररत रहेकी थिईन् । दुबै मृगौलाको डायलसीस को लागि भारत गएकी उनको बुधबार निधन भएको हो ।
कलारक तथा लोक नृत्य निर्देशक लोकेन्द्र साहले उनको निधन भएको पुष्टी गरेका हुन । फेसबुक स्टाटस लेख्दै लोकेन्द्र साहले भनेका छन्–‘बैनी हाम्रो माझ रहिनन् अव सम्झना मात्रै’ केही समय पहिला बुटवलमा एक कार्यक्रम आयोजना गरी अखाँची का द अर्घाखाँची युत्थ क्लवले उनको उपचारको लागि जम्मा गरेको करिव एक लाख रुपैयाँ रकम प्रदान गरेको हो । तर उनको उपचारकै क्रममा निधन भएको छ ।
बुटवलका पत्रकारहरुले उनको अन्तरवार्ता समेत लिएका थिए । बुटवलबाट सञ्चालित नेपाल वान युट्युव च्यानलमा अर्घाखाँची डकम कर्मी कृष्ण खनालले लिएको अन्तरवार्ता मा उनले ‘म बाँच्न चाहान्छु, मलाई बचाउनुहोस’ भन्दै भनेकी थिईन् ।
मिठो स्वरकी धनी विश्वकर्मा अर्घाखाँचीमा आयोजना भएको मोत्सव, आर्घाखाँची गायन आईडलको उत्कृष्ठ ३ मा समेत पर्न सफल भएकी थिईन् ।