सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका कार्यालय कृषि शाखाको आयोजनामा भएको ३ दिने बमौसमी तरकारी उत्पादन प्रविधि तालिमको समापन गरिएको छ ।
तालिममा सन्धिखर्क नगरपालिका भित्रका अगुवा कृषकहरुको सहभागिता थियो । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषकहरु नारायण भट्टराई, टेकराज पाण्डे, रिता गौतमले मन्तव्य राख्दै तालिम प्रभावकारी भएको बताउदै यस्ता खालका तालिम ले अाफुहरु हर्षित भएको बताउनु भयो ।
नगरप्रमुख भुसालले सन्धिखर्क नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने मा जोड दिदै कृर्षक हरुलाई अात्म निर्भर हुने खालका तालिम लाई पहिलो प्राथमिकता दिने बताउनु भयो । उहाले वास्तविक कृषकहरुलाई प्रोत्साहन गर्न कार्यालयले कुनै कसुर बाँकी नराख्ने दाबि गर्नु भयो ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलको अध्यक्षता र कृषि शाखा प्रमुख टिकाराम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।