सन्धिखर्कमा कांग्रेस भातृ संस्था नेवि संघको मसाल जुलुस

अर्घाखाँचीडट्कम संवाददाता
माघ–१७,सन्धिखर्क । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले हिजो सन्धिखर्कमा मसाल जुलुस निकालेको छ । सरकार विरुद्ध नाराबाजी गर्दै हिजो साँझ नेबिसंघले जुलुस निकालेको हो ।
जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर,भ्रष्टाचार र महंगी नियन्त्रण गर,निर्मलाका बललात्कारी र हत्यारालाई कारबाही गर,अधिनायकवाद लाद्न पाइँदैन जस्ता नारा लगाउँदै नेविसंघ अर्घाखाँचीले निकालेको जुलुस सनिधखर्क शान्ति बंगैचामा पुग्दा भने प्रहरीले नियन्त्रणमा लिएको थियो । 
नेविसंघले निकालेको जुलुसलाई प्रहरीले विथोलेपनि शान्ति बंगैचामा पुगेर कोणसभा गरेको नेविसंघले बताएको छ । 
नेविसंघ सहित कांगे्रसका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा सम्पन्न कोण सभामा कांग्रेस नेता केशव श्रेष्ठ र तरुण दलका अध्यक्ष नारायण खड्काले सम्बोधन गर्दै शान्ति र समृद्धिको माग गर्दै गरिएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गर्नु निन्दनिय भएको बताउनुभएको छ ।

अन्य समाचारहरु