अर्घाखाँचीमा बिप्लब निकट नेपाल कम्युनिष्ट पार्टीले ऐनसेललाई कारबाही गर्ने

श्याम घिमिरे 
छत्रदेब, अर्घाखाँची माघ १७   – विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीअर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार संगठन सुदृढ तथा बिस्तार अभियानलाई जिल्लमामा तिब्रता दिएको जनाएको छ । यसैअनुसार पार्टीले बिहिबार छत्रदेब गाँउपालिका वडानम्वर ८ र ९ मा कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रमलाई सम्वोधन गर्दे नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सन्देश पौडेलले नेपालमा शासक र दलालको कारणले नेपाली जनताले बाख्रा बेच्दा समेत कर तिर्नु परको बताउदै त्यस्ता जनविरोधी तत्वलाई जनसकारले कार्यबाही गर्न बताए ।
यसैबिच विप्लब निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार बिहिबारनै ऐनसेलको कर छली र भ्रष्ट्रचार विरुद्ध सदरमुकाम सन्धिखर्कमा विरोध प्रर्दशन गरेको छ । 
विरोधसभालाई सम्वोधन गर्दे विद्यार्थी नेता नविन खड्काले सरकारले साना व्यबसायी र जनतालाई कर तिराउने तर विदेशी कम्पनी ऐनसेल र ठूला कम्पनीलाई कर नतिराउनु दुःखको कुरा भएको भन्दै कर नतिरे जनताको जनसरकारले कार्यबाही गर्ने चेताबनी दिए । विरोध सभामा अखिल क्रान्तिकारी पूर्व जिल्ला अध्यक्ष कुलराज बन्जाडे जिल्ला अध्यक्ष विष्णु राउत लगायतले मनतब्य राखेका थिए ।

अन्य समाचारहरु