अर्घाखाँचीमा नेविसंघद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (भिडियो तस्बिर सहित)
माघ १८ गते, २०७५ मा प्रकाशित
प्रेमनारायण आचार्य
अर्घाखाँची १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सन्धिखर्कमा आज प्रधान मन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघले वर्तमान ओली सरकार अधिनायक बादी सैलीमा अगाडी बढेको , लोकतन्त्रको उपहास गरेर दुइ तिहाइको दम्भमा अगाडी बढेको भन्दै प्रधान मन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
सन्धिखर्कको विपि स्मृति भवनबाट नारावाजी र संख बजाउदै निकालिएको पुत्लालाइ सन्धिखर्कका विभिन्न भाग परिक्रमा गर्दै शान्ती बगैचा चोकमा लगर पुत्ला दहन गरेको हो । पुत्ला दहन गरेपछि प्रहरीले धरकपट गरेर पुत्ला निभाएको थियो । केहि बेर प्रहरी र नेविसंघका कार्यक्रताहरु विच घचेटाघचेट र पेलापेल समेत भएको थियो ।
पुत्ला दहन पछि भएको कोण सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा युवा विद्यार्थी इन्चार्ज पिताम्वर खनाल, काग्रेसका महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, तरुण दलका जिल्ला अध्यक्ष पिताम्वर खनाल, नेविसंघका जिल्ला अध्यक्ष भरत भटराइ लगायतले मन्तब्य राख्दै केपि ओली सरकार विरुद्ध देसव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।