लक्ष्मण घिमिरे
१७ माघ । अर्घाखाँचीमा धेरै समयदेखी अल्झिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रियाले केही हदसम्म पुर्णता पाएको छ । नेकपा अर्घाखाँचीको बसेको बैठकले नगर र पालिकामा अध्यक्ष तथा सचिवहरु तोकेको छ ।
सन्धिखर्क नगरपालिकाको अध्यक्षमा अर्घाखाँची आवासिय उच्च माविका प्रिन्सीपल श्रीकृष्ण भुसाल तथा सचिवमा शिव अधिकारी रहेका छन । शितगंगा नगरपालिकाको अध्यक्षमा बसन्त कुमार श्रेष्ठ तथा सचिवमा मणिराम अधिकारी रहेका छन ।
भुमिकास्थान नगरपालिकामा राजेन्द्र आचार्य अध्यक्ष तथा मणिराम पौडेल सचिव तोकिएको छ । त्यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा शालिकराम आचार्य तथा सचिवमा शिबलाल कुँवरले जिम्मेवारी पाएका छन ।
छत्रदेब गाउँपालिकामा रामलाल पराजुली अध्यक्ष तथा भोजबहादुर रायमाझी सचीव भएका छन । पाणिनी गाउँपालिकाको अध्यक्षमा कमल घिमिरे तथा सचिवमा जिबलाल घिमिरेले जिम्मेवारी पाएका छन ।
पुर्व नेकपा एमाले र पुर्व माओवादी केन्द्रबिच एकता भएपछी नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको पार्टी कार्यालय मदन आश्रीत भवनमा रहनेगरी २०७५ कार्तिक १३ गते भौतिक सम्पति समेत एकीकरण भएको थियो ।
अर्घाखाँचीको जिल्लातह भने अझै मिल्न सकेको छैन । नेकपाको नेतृत्वका लागी अर्घाखाँचीमा पिताम्बर भुसालको नाम सिफारिश भएपछी तत्कालिन नेकपा एमाले भित्र तथा नेकपाको सचिवमा तोजबहादुर रायमाझी विधानको नाम शिफारिस भएपछी तत्कालिन माओवादी केन्द्र भित्र विवाद चुलिएको थियो। अहिले नेतृत्व कसलाई दिने भन्ने नेकपा भित्र अन्यौलता छ । केन्द्र तहबाटै एउटा पक्ष पिताम्बर भुसाललाई नै नेतृत्वमा ल्याउन पर्छ भनेर लागेको छ भने अर्को पक्ष विकल्पमा जनार्दन खनाललाई ल्याउनु पर्छ भन्ने पक्षमा उभिएको छ । तत्कालिन नेकपा एमालेका उपाध्यक्ष जिवनारायण काईरालाले पार्टिको पदिय मर्यादाका आधारमा नेतृत्व आफुले पाउनु पर्ने माग राखेका छनभने तत्कालिन नेकपा एमालेका सचिव राम बहादुर चौहानले नेकपाको नेतृत्व हारेको सचिवले पाउनु भन्दा निर्वाचित सचिव (आफुले) पाउनु पर्ने भन्दै दावी गरिरहेका छन । केन्द्र तहबाटै एउटा मापदन्ड नबन्दासम्म विवाद नसुल्झीने देखिएको छ । त्यस्तै तत्कालिन माओवादी केन्द्र भित्र निर्णय विधान सम्मत नभएको भन्दै छमकुमारी खनाल लगायतका नेताहरु असन्तुष्ट छन ।
प्रदेश नम्बर ५ का ८ वटा जिल्लामा नेतृत्वका लागी विवाद भैरहेको छ । भातृ तथा सुभेच्छुक संस्था मिलाउन पनी नेकपालाई हम्मेहम्मे छ । विद्यार्थीको नेतृत्व कस्लाइ दिने भन्नेमा पनी एकमत हुन सकेको छैन । तत्कालिन अनेरास्ववियुका अध्यक्ष प्रदिप नेपाली र तत्कालिन क्रान्तिकारीका अध्यक्ष लक्ष्मण खड्का दुवै सकृय देखिएका छन । दुवै संगठनका विद्यार्थी नेता सकृय भएकाले पनी समस्या जटिल बनेको छ । धेरै समय सम्म विवाद र किचलो भैरहँदा कार्यकर्तामा पनी नैराश्यता बढेको छ ।