सिद्धाराको आधारभूत विद्यालय पाँकुरीमा निबन्ध लेखन, खेलकुद एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न

गणेश प्रसाद बेल्बासे
सिद्धारा, अर्घाखाँची  माघ १९ ।  अर्घाखाँचीको शितगंगा-९ सिद्धारा स्थित पाँकुरी आधारभूत विद्यालयमा अतिरिक्त कार्यक्रम अन्तर्गत निबन्ध लेखन, खेलकुद एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 
 निबन्ध लेखन प्रतियोगिता तर्फ कक्षा ४ र ५ लाई व्यक्तिगत सरसफाई शिर्षकमा र कक्षा ६-८ लाई प्राकृतिक सम्पदा संरक्षण शिर्षकमा सञ्चालन गरिएको थियो ।
त्यस्तै सानो कक्षा तर्फ शिशु र कक्षा १ लाई तातो आलु खेल खेलाईएको थियो भने कक्षा २ र ३ लाई छुट्टा कुर्सी दौड खेल खेलाइएको थियो ।
निबन्ध लेखन तथा विविध खेलकुदमा उत्कृष्ट छात्रा/छात्र सबैलाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो ।
साथै  कार्यक्रममा मंसिर महिना देखि हाल सम्म संचालन भएका साप्ताहिक अन्तर्गतका कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको अतिरिक्त कार्यक्रम संयोजक शिक्षक तिलकराम बन्जाडेले जानकारी गराउनु भयो ।
सोही कार्यक्रममा वडा नं.९ का वडा अध्यक्ष भिम बहादुर केसीको विशेष पहलबाट नेपाल सरकार राष्ट्रिय चुरे संरक्षण कार्यक्रमबाट प्रदान गरिएको कापी कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई वितरणको गरिएको थियो । 
सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक गणेश बेल्बासेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर लुईचेको प्रमुख आतिथ्यता र शिक्षक होमराज पदेउतीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन पाँकुरी बाल क्लबका सचिव सन्दिप परीयारले गरेका थिए ।

अन्य समाचारहरु