अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा भ्रष्टाचार नियन्त्रण हाम्राे साझा दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने लगायतका अर्घाखाँचीमा रहेका सबै सरकारी कार्यलयका प्रमुखहरु सन्चारकर्मि सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन साहयक प्रजिअ बिस्नु बेल्बासेले गरेका थिए ।
राष्ट्रिय सतर्कता केन्द्रकाे आयाेजना र जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीकाे सह-आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।