खनदहका ४ वर्षिय विवेक लिम्फान्जियो नाम घातक रोगबाट ग्रसित सहयोगका लागि अपिल


हरि कुँवर

सन्धिखर्क अर्घाखाँची(अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा एक बालक आर्थिक अभावका कारण उपचारबाट वञ्चित भइरहेका छन् ।

मालारानीको वडा नम्बर ३ साविक खनदह ७, सावडाँडा निवासी बाबुराम अर्यालका ४ वर्षीय छोरा विवेक अर्याल ‘प्रिन्स’ गत तीनवर्षदेखि लिम्फान्जियोमा नामक घातक रोगबाट ग्रसित भएका हुन ।

उनको उपचारका लागि नेपालका विभिन्न ठाउँका अस्पताल र भारतको एपोलोमा उपचार गर्दा हालसम्म झण्डै ५० लाख खर्च भइसकेको तर अझैपनि बिरामी निको नभएका कारण नेपाल ल्याइएको घरपरिवारले जनाएको छ ।

पारिवारिक आर्थिक अवस्था अहिले निकै कमजोर भइरहेको र बाँकी सम्पत्तिले पनि नपुग्ने भएपछि निजको उपचारका लागि आर्थिक सहयोगका लागि परिवारले अपिल गरेका छन ।

बिरामीको बाबु बाबुराम अर्यालले मिडियाकर्मीहरूसँग कुरा गर्दै यही माघ २७ गते बिरामीको शल्यक्रिया काठमाडौंको शिक्षण अस्पतालमा हुने भनिएपनि आर्थिक अभावकै कारण अनिश्चित बनिरहेको बताउदै उनले आफ्नो छोराको प्राण रक्षा गरिदिन जिल्लावासी र सबै चिरपरिचितहरूमा हार्दिक अनुरोध गरेका छन् ।

उनको अनुरोधकै कारण अर्घाखाँचीमा आज माघ २० गतेदेखि सञ्चालन भएको विवेक बचाऊ अभियानमा सन्धिखर्क हललाईन न्यू स्टार चोक निवासी युवा व्यवसायी कृष्ण बञ्जाडेबाट ५१००, सुर्या लाईफका शाखा प्रमुख दिनेश सुनारबाट २०००, सुर्या लाईफकै कर्मचारी निर्मला पन्थी गैरेबाट १०००, पत्रकार हरि कुँवरबाट १०००, जेबी दर्लामीबाट १००० रुपियाँ संकलन भएको छ ।

सहयोगदाताहरूका लागि प्रभु बैंकमा बिरामीका बाबु बाबुराम अर्याल फोन नम्बर ९८४७३९४००० को नाममा रहेको खाता नम्बर ११४०१३००९११२७१०००००१ सार्वजनिक गरिएको छ । अथवा सन्धिखर्कमा दिनेश सुनार ९८४७२३१८८५, हरि कुँवर ९८४६७९३८७९ र जेबी दर्लामी ९८४७३९४२५१ लाई सम्पर्क गर्न सकिने छ ।

अन्य समाचारहरु