बहुविवाह गरी फरार रहेका असुरकोटका युवालाई आटिकापाटा कारागार चलान

Image result for कारागार arghakhanchi.com

लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची  माघ २१ । बहुविवाह गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । 
भुमिकास्थान नगरपालिका-५, असुरकोट बस्ने जिवन के.सी  ४ वर्ष पछी निजकै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
२९ वर्षिय जिवन केसीलाई मन्जु केसीको जाहेरिका आधारमा जिल्ला अदालत अर्घाखाँचीले २०७१ साल चैत्र २५ गते २ वर्ष कैद र ५ हजार रुपैँया जरिवाना तोकेको थियो । ठहर भएको कैद र जरिवाना भुक्तान नगरी भारतको विभिन्न स्थानमा लुकिछिपी बस्दै आईरहेका जिवन केसीलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन।
नेपाल आएको गोप्य सुचनाका आधारमा निजको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो । पक्राउ पछी जिल्ला अदालत अर्घाखाँची मार्फत केसीलाई कारागार चलान गरिएको छ ।

अन्य समाचारहरु