श्याम घिमिरे
हँसपुर माघ १९ अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य तथा अखिल नेपाल युबक संघ मालारानि गाउँपालिकाका सदस्य मालारानि ७ हँसपुर बामरूक निबासि दोर्ण खनालको ३५ बर्षको उमेरमा आज दुखद निधन भएको छ ।
निधन प्रति राजमो मालारानि गाउँपालिकाले दुःख ब्यक्त गरेको छ । मृतक खनालको पार्थ्विक शरिरमा पार्टीको झण्डा ओढाउदै राजमो मालारानिका नेता द्वय डिलबहादुर खत्री र बिरबहादुर कुवँरले खनालको निधनले पार्टी संगठनलाई अतुलनीय क्षेति भएको बताउदै मृतक प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै ,शोकाकुल परिबारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा प्रगतिशील पत्रकार संघ नेपालका श्याम घिमिरे , जितेन्द्र खत्रि, स्थानीय मानबहादुर खनाल लोकबहादुर बस्नेत ,गोकर्ण खनाल लगायतले शोक मनतब्य राखेका थिए ।