अर्घाखाँचीमा काँग्रेसको विरोध प्रर्दशन, सरकार विरुद्ध चर्को नाराबाजी (भिडियो तस्बिर सहित)
माघ २१ गते, २०७५ मा प्रकाशित
श्याम घिमिरे
सन्धिखर्क माघ २१ अर्घाखाँची – नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले केपी ओली नेतृत्वको सरकार निर्लज भएको बताउनु भएको छ ।
केपी ओलीको २ तिहाईको दम्भले देश अँध्यारो दिशा तर्फ उन्मुख भएको भन्दै घिमिरेले हावादारी गफ छोडेर आफुले गरेका प्रतिबद्धता पुरा गर्न सुझाव दिनुभयो । नेपाली काँग्रेस अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा गरेको विशाल विरोधसभालाई सम्बोधन गर्दै घिमिरेले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहेको र प्रतिपक्ष पनी आफ्नै आवाज बोलिदियोस भन्ने चाहेको आरोप लगाउनु भयो ।
वर्तमान सरकारले देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको, मर्यादामा नबसेको, भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै घिमिरेले अन्तराष्ट्रिय स्तरबाटै सकिन लागेको कम्युनिष्ट बिचार अब नेपालबाट पनी लोपहुने बताउनु भयो ।
भेनेजुएलाको राजनीतिक घटनाक्रमका विषयमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति गलत भएको बताउदै घिमिरेले नेपालको विकास निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी अभिव्यक्ति सार्वजनिक गर्नु दुखःद भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँचीका पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल, नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष लोकेन्द्र बिक,काँग्रेस नेतृ तथा प्रदेशसभा सदस्य निर्मला क्षत्री, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मनतब्य राख्दै बढ्दो महंगी, भ्रष्टाचार, अनियमितता र दुई तिहाईको धंगधंगीले देश थलापर्न लागेको भन्दै सरकार नसच्चिए नेपाली काँग्रेसले त्यस्को सशक्त प्रतिकार गर्ने बताउनु भयो ।
कार्यक्रम नेपाली काँग्रेस जिल्ला सभापती बिष्णु मुस्कानको अध्यक्षता उपसभापति शान्ता भण्डारीको स्वागत मनतब्य र सचिब छबीलाल पौडेलको सन्चालनमा सम्पन्न भएकामे हो । यसअघि बिपी स्मृती भवन सन्धिखर्कबाट सुरु भएको विरोध ¥याली चुत्राबेसी बजार परिक्रमा गरी शान्तिबगैंचामा गई सभामा परीणत भएको हो ।