अर्घाखाँचीको कान्छो मालारानी रेडियो सामाजीक जबाफ देही बनाउन सक्रिय
माघ २१ गते, २०७५ मा प्रकाशित
डिआरजी सुमन
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको कान्छो रेडियोको रुपमा स्थापित भएको रेडियो मालारानी ९५.७ मेगाहर्जले सामाजीकरुपमा जबाफदेही बनाउने कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ६ मा रेडियो मालारानी ९५.७ मेगाहर्जले सामाजीकरुपमा जबाफदेही बनाउने कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्लाको ग्रामिण भेग मालारानी गाउँपालिका वडा नम्वर ३ को मालारानीको डाडाँबाट सञ्चालित उक्त रेडियोले समुदायका जनतासंग प्रत्यक्ष रुपमा सरोकार राखने कार्यक्रम शनिबार बेलुका ७.३० देखी ८ बजे सम्म किसानको खेतबारीमा रेडियोमालारानी , हरेक हप्ताको आईतबार बेलुका ९ बजे पछि र सोमबार बिहान ८ बजेदेखी प्रसारण हुने कार्यक्रम साझा चौतारीले यतिबेला जिल्लामा जबाफदेहीताको लागी पहल गरेको छ ।
गाउँपालिकाले गरेका कार्य सम्पादनका बिषयमा स्थनीयहरुले बिभिन्न सबालहरु उठान गरेका मालारानी गाउँपालिका प्रमुख तथा वार्ड अदक्ष्य लगायतले जनताका प्रश्नको जबाफ दिएका थिए ।