सन्धिखर्क – ३ बराहनेटामा १६ वर्षपछि लालपुर्जा वितरण, स्थानीयवासी हर्षित (फोटो फिचर)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची, २२ माघ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ३ बराहनेटामा १६ वर्षपछि डिजिटल लालपुर्जा वितरण गरिएको छ । 
१६ बर्ष पछि जग्गा धनी पुर्जा पाएपछि खुशी हुँदै टान बहादुर खड्का ,(८२)मेहरर्सिंह खड्का (८६) ।
विशेष नापी कार्यालय अर्घाखाँचीले नापजाचँ गरी तयार गरेका लालपुर्जा आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले वितरण गरेका थिए । १६ वर्षपछि  ८२ वर्षिय टानबहादुर खड्का, ८६ वर्षिय मेयरसिंह खड्काले लालपुर्जा वितरण पाएपछि खुसी व्यक्त गरेका थिए । वि.स. २०५९ सालदेखि लालपुर्जा नभएर खड्काले बैँकबाट जग्गा धितोमा राखेर ऋण निकाल्न समेत नपाएको बताए । । 
लालपुर्जा वितरण सँगै वार्ड नम्बर ३ का ९६० लालपुर्जा तयार भए अनुसार ८० प्रतिशत बासिन्दाले लालपुर्जा पाएका छन् ।
लालपुर्जा वितरण कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक, वार्ड  नम्बर १ अध्यक्ष  युवराज बन्जाडे २ का अध्यक्ष मोतिजग रायमाझी  ५ का अध्यक्ष राजेन्द्र भुसाल मालपोत अधिकृत रुकेन्द पालुङे, प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, नेपाली काँग्रेसका कृष्ण खनाल, नेकपाका श्रीकृष्ण भुसाल, राष्ट्रिय जनमोर्चाका गोविन्द विसी, विवेकशिल साझा पार्टीका हरिप्रसाद भुसाल, नयाँ शक्ती नेपालका राजु नेपाली, राप्रपाका शम्सीदिन मियाँ लगायतले मन्तव्य राखेका थिए । 
सदरमुकाम सन्धिखर्कका सरकारी कार्यालय  माओवादी द्धन्द्धकालमा धस्त हुँदा सबै लालपुर्जा जलेर नष्ट भएका थिए । नापीले अर्घाखाँचीमा दुर्तगतिमा काम गरिरहेको छ ।

अन्य समाचारहरु