विप्लव नेतृत्वको कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा । (फाइल तस्बिर: २०७३ आषाढ १६, विहीवार)
प्रेमनारायण आचार्य
छत्रदेव, अर्घाखाँची २३ माघ २०७५ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ४ जना नेता पक्राउ परेका छन ।
छत्रदेव गाउँपालिका-७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको आरोपमा विप्लपका ४ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए ।
पक्राउ पर्नेमा जिल्ला जन परिषद प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का, लुम्बिनी ब्युरो सदस्य पूर्ण सिंह र जाजरकोट जिल्ला पार्टी सदस्य शिवलाल पुन रहेका छन् ।
जिल्ला अदालत अर्घाखाँचीमा दायर गरिएको मुद्दा फिर्ता लिन नमानेपछि भीमलाललाई कुटपिट गरेपछि उनीहरू पक्राउ परेका हुन् । कुटपिटमा संलग्न रहेका ४ जना पक्राउ परे पनि अन्य ४ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।