सन्धिखर्कमा एग्रोभेट ब्यवसायीहरुको भेला सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची माघ २३ – अर्घाखाँची जिल्लामा रहेका एग्रोभेट ब्यवसायीहरुको भेला प्रदेश सदस्य युवराज पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । 
भेलाले दुर्गा पन्थीको अध्यक्षतामा ७ सदस्यीय बिउपल ब्यवसायी संघ जिल्ला तर्दथ समितिको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा गणेश भुसाल , सचिब नेत्र बहादुर थापा मगर र कोषाध्यक्षमा शारदा खनाल चयन हुनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा दिपक खनाल , खुमराज बन्जाडे र हरि आचार्य रहनु भएको छ । भेलाले प्रकाश बन्जाडे , बिष्णु प्रसाद भुसाल र लेखनाथ भुसाललाई सल्हाकारमा चयन गरेको उपाध्यक्ष गणेश भुसालले जानकारी दिनु भयो ।

अन्य समाचारहरु