चुत्राबेसीमा सुपादेउराली युथ नेटवर्कको द्राेसाे वार्षिक उत्सव सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची, २३ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क- चुत्राबेसीमा सुपादेउराली युथ नेटवर्कको द्राेसाे वार्षिक उत्सव सम्पन्न भएको छ ।
वार्षिक उत्सव कार्यक्रममा समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेटवर्कका अध्यक्ष सुदिप खनालकाे अध्यक्षता, सचिव सन्ताेष भुसालकाे स्वागत र मेलिना सिंह ठकुरीकाे सञ्चालनमा सम्पन्न भएकाे थियो ।
समाज सुधार गर्न भन्दै खोलिएको सुपादेउराली युथ नेटवर्कमा ७० जना युवाहरू समाबेश रहेका छन् ।    

अन्य समाचारहरु