जुकेना
गोपाल प्रसाद भट्टराई
जुकेना, अर्घाखाँची २०७५ माघ २३ बुधबार । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका, ६ जुकेनामा आफ्नै बुबाबाट १२ वर्षकी छोरी बलात्कारको सिकार भएकी छन् ।
श्रीमती घर नभएको मौका छोपी डर त्राश देखाई आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै पिडितको आमाले प्रहरीमा जाहेरी दिएपछि यस्तो रहस्य बाहिर आएको हो ।“घरमा आर्थिक अवस्था कमजोर भएपछि केही खाना जुटाउन र मेरो उपचार गर्न माघ २१ गते म आफन्तकोमा गएकी थिए”,८ महिनाको गर्भ पतन गराएकी बलात्कृत बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा लेखिएको छ, “राती १० बजेको समयमा श्रीमानले छोरीलाई जर्वजस्ती करणी गरेछन्”,उहांले अगाडि थप्नुभएको छ,“ससुरा सुरविरको मोवाईल बाट फोन गरेर छोरीले रुँदै बुवाको कर्तुतबारे जानकारी गराएपछि थाहा पाएं,घटनाको बारेमा थाहा पाएलगत्तै आफन्तको मोटरसाईकलमा घरमा आई हेर्दा छोरीको गुप्ताङ्ग सुन्निएको पाएपछी आफ्नै श्रीमानलाई कानुनी कारवाही गर्नको लागि प्रहरीमा जाहेरी दिएकी छु”जाहेरीमा उल्लेख छ ।
जाहेरी आएसंगै जर्वजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गराइ अनुसन्धान चलिरहेको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभएको छ ।
घटनामा पिडित बालिकाको उमेर १२ बर्ष र प्रतिवादी आफ्नै बाबु भएकोले दुवैजनाको परिचय गोप्य राखी अनुसन्धान गरिने जिल्ला प्रहरी अर्घाखाँचीले जनाएको छ ।