ठाडाको ज्योति बहुमुखी क्याम्पसमा विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

लक्ष्मण घिमिरे 
ठाडा माघ २३ । अर्घाखाँचीको ठाडामा रहेको ज्योति बहुमुखी क्याम्पसमा बिएड र बिबिएस दोस्रो वर्षका विद्यार्थिले बिबिएस र बिएड प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरेका छन ।
टीका, माला र खादा ओढाई नव आगन्तुक विद्यार्थिलाई स्वागत गरिएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख विष्णुप्रसाद भट्टराई, काशीनाथ आचार्य, शिक्षक र विद्यार्थिहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रम बिएड दोस्रो वर्षकी नर्मदा अधिकारीको अध्यक्षता, क्याम्पस अध्यक्ष कुमार केशव सिंह बेल्बासेको प्रमुख आतिथ्यता, भुवन अधिकारीको स्वागत गीत र दुर्गा भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु