पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

अभिनब चौहान 
सन्धिखर्क, माघ २५ अर्घाखाँची – स्वास्थ्य तथा शारीरिक शिक्षा विभाग स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सुक्रबार हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
 ज्ञान बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शिक्षकहरु लक्ष्मण भट्टराई , बुद्धि भुसाल, उत्तममाणि मिश्र, विनोद बेलबासे , रामलाल भुसाल , धर्मराज भुसाल , सुरज सारु ,मञ्जु घिमिरे , स्ववियु सभापति लक्ष्मण खड्का , कोषाध्यक्ष घनश्याम पौडेल लगायतको उपस्तिथि रहेको थियो । 
कार्यक्रममा राजन महत्राको समुह प्रथम , बिष्णु राउतको समुह द्वितीय र चेतनारायण भुसालको समूहले तृतीय स्थान हासिल गरेका थिए । सागर घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको सहकर्मी अभिनव चौहानले जानकारी दिनु भएको छ ।

अन्य समाचारहरु