अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड ६ नरपानीमा ने.क.पा. परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।
यसरी प्रवेश गर्नेहरुमा नेकपाका नगर सदस् प्रमोद ज्ञवाली , नेकपाकै रेशम रायमाझी ,बलराम भट्टराई ,मान बहादुर जि.सि.र हुमकान्त दमासे लगाएतका नेपाली कांग्रेस पार्टी मा प्रवेश गरेका हुन ।
नबप्रबेसीहरूलाई जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान , पुर्व पाटी सभापति तथा नगरप्रमुख कमल प्रसाद भुसाल ,जिल्ला सदस्य नेत्र भट्टराई , तरुण दल अध्यक्ष नारायण खड्का ,वार्ड अध्यक्ष कृष्ण बहादुर आचार्य र वार्ड सभापति वुद्धि न्याैपाने लगाएतले टीका र सदस्यता प्रदान गर्नु भएको थियोे ।