अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेस निकट नेपाल महिला संघ जिल्ला कार्य समिती अर्घाखाँचीले सरकारको विरोध प्रर्दशन तथा सभा सम्पन्न गरेको छ ।
महिला संघ जिल्ला कार्य समिती अर्घाखाँचीले आयोजना गरेको सरकार विरोधको प्रर्दशन सन्धिखर्क, चुत्रावेशी बजार परिक्रम गरेको थियो ।
-यालीपछिको सभालाई प्रदेशसभा सदस्य निर्मला क्षेत्री, जिल्ला सभापति विष्णु मुस्कान, सन्धिखर्क नगरप्रमुख तथा पुर्व सभापति कमलप्रसाद भुसाल, काँग्रेसका जिल्ला सचिव विष्णु भुसाल, महिला संघका जिल्ला उपाध्यक्ष जानका बन्जाडे, क्षेत्रीय उपाध्यक्ष शान्ता खनाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मन्तव्य राखेका थिए ।
विरोध कार्यक्रम महिला संघका जिल्ला अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता तथा सचिव संगिता वेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कांग्रेसले महंगी तथा भष्ट्रचार, वाइडबडी विमान खरिदमा घोटाला,, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्वन्द्वकालीन मुद्दा लागेकाहरुलाई माफी दिने लगायतका माग राख्दै विरोधका कार्यक्रम गरिरहेको छ ।