प्रकासित मिती:२४ माघ २०७५, बिहीबार
अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. १० धनचौरमा हेलीप्याड निमार्ण भएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई सहज र सरल बनाई जनताको घर आगनमा सार्वजनिक सेवालाई प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हेलीप्याडलाई गत माघ २४ गते बिहीबार वार्ड कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।
एकिकृत घुम्ति सेवा शिविर तथा हेलीप्याड हस्तान्तरण कार्यक्रम नगरप्रमुख रेशम थापा, प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, उपप्रमुख खडानन्द बेल्वासे लगायतको उपस्थिती रहेको थियो । साथै भुमिकास्थान नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको प्राविधिक सहयोगमा निमार्ण भएको हो ।
हेलीप्याड निर्माणसंगै आपत विपत परेको हेलिकप्टर ल्याउन सजिलो हुनेछ ।