अर्घाखाँचीमा जग्गा नाप जाचँका लागि शनिबार पनि खटिदै बिशेष नापी कार्यालय

नबिन के.सी
खन, अर्घाखाँची ।  बिगत द्धन्दकालमा समयमा नष्ट भएका लालपूर्जाहरुको श्रेष्ता र नक्साबिहिन बनेको अर्घाखाँची जिल्लामा नक्सा कायम गर्नकोलागी बिशेष नापी कार्यालयको टिम रात दिन नभनि काममा खटिएको छ । 
मालारानी गाउँपालिकाको वडा नं ९ ,८ ,६ ,३ र ४ फिल्ड अनुगमन पछि वडा नम्वर ४ मा पालिकाको टिम संग संयूक्त फोटा खिचाउँदै
शनिबारको दिन होस वा बिदा झरिको प्रबाह नगरि फिल्डमै खटिई काम गरेका छन । जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नं १ र वडा नं र वडा नं ३ मा काम सम्पन्न गरि लालपूर्जा बितरणको काम केही दिन अघि मात्र हस्तान्तरण गरेको छ । भने जिल्लाको मालारानी गाउँपालिका वडा नं ४ मा नापजाचँको काम सुरु भएको छ । यस्तै मालारानी गाउँपालिकाको वडा नं ६ ,८ र ९ मा पनि नापचाचँको काम कसरी सुरु गर्ने भनि बिशेष नापि कार्यालयको टोली मालारानी गाउँपालिकाका बिभिन्न वडामा पुगेर फिल्ड निरीक्षण गरेको छ । अब केही दिनमै मालारानी ४ को काम सकि अन्य वडामा काम गर्ने बिशेष नापि कार्यालयका प्रमुख खिम रानाले जानकारी दिनु भयो । ‘हामी रात दिन नभनी काममा लागेका छौ ।
 जिल्लालाई अबको दुई बर्ष भित्र जिल्ला नक्सा बिहिन हुनेछैन ।’ यस्तै बिशेष नापि कार्यालबाट खटिएको टोलीलाई साहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेलबासेले ग्रामिण क्षेत्रमा काम गर्दा सार्बजनिक जग्गाको बारेमा बिशेष ख्याल गरि काम गर्न आग्रह गर्नु भएको थियो । ‘नापजाचँ गर्दा सार्बजनिक जग्गाको बिशेष ख्याल गर्नुहोला । 
श्रेष्ता छैन्न भनेर जग्गा व्यापारिहरुले आफुसंग भएको पूर्जामा रोपनी थपेर फोटोकपी गरेको पनि पाईएको छ । ’ पछिल्लो समय जिल्लाको बिभिन्न स्थानमा व्याक्ति संग जोडिएको सार्बजनिक जग्गामा आफुसंग भएको लालपूर्जामा आफै जग्गाको रोपनि संख्या थप गरि जिल्ला मालपोत कार्यालयबाट समेत सार्बजनिक जग्गा पास दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ । 
मालारानी गाउँपालिका भित्र छिटो भन्दा छिटो नाप जाचँ गर्न मालारानी गाउँपालका अध्यक्ष बालकृष्ण आचार्यले आग्रह गर्नु भएको छ । पालिकाबाट बिशेष नापिको टोलीलाई आव्यसक सहयोग गर्न पालिका तयार रहेको समेत पालिका अध्यक्ष आचार्यले बताउनु भयो ।

अन्य समाचारहरु