उखु किसानले एक साताभित्र सरकारी अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सरकारले उखु बिक्री बापत गत आर्थिक वर्ष २०७४÷०७५ मा प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेपनि किसानले अझै पाउन सकेका छैनन् ।
शनिबार सर्लाहीको हरिवनमा बसेको नेपाल उखु उत्पादक महासंघको बैठकले अनुदान रकम उपलब्ध गराउन सरकारलाई एक साताको अल्टिमेटम दिएको हो ।
सो अवधीभित्र पनि अनुदान रकम नपाए चरणवद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
बैठकले सरकारले निर्धारण गरेको मूल्य अनुसार अघिल्लो वर्षकै केही चिनी उद्योगीहरुले किसानको भुक्तानी दिन बाँकी रहेकाले सो भुक्तानी पनि एक हप्ताभित्रै हुनुपर्ने माग गरेको छ । इमेजखबरमा समाचार छ ।