अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेशी, सन्धिखर्क । अर्घाखाँचीकाे सन्धिखर्क चुत्रावेशीबाट सञ्चालित साथी वचत तथा ऋण सहकारी संस्थाले आजदेखि नयाँ कार्यालयबाट सेवा सुरू गरेकाे छ ।
अब देखि चुत्रावेशी पुरानाे बसपार्कमा पहिले भृकुटी वैंक र वडा नं.२ काे कार्यालय भएकाे ठाउँमा साथीकाे प्रधान कार्यालय रहने भएकाे छ । तर भने रेमिट्यान्स पुरानै कार्यलयबाट हुनेछ ।
नयाँ कार्यालयकाे सनपा २ का वडाअध्यक्ष माेतिजङ्ग रायमाझीले उदघाटन गर्नुभयाे । वैदिक विधिपूर्वक पुजाअाजा गरि नयाँ कार्यालय उदघाटन गरिएकाे हाे ।