मालारानी । मालारानीमामा स्मार्ट सडकको तयारी भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासिनीले बताउनुभएको छ ।
उहाँले गाउँपालिकाको सबै वडामा वस पु¥याउने गरी कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले मालारानीमा रहेका योजनाहरुको सम्पन्न गर्नका लागि प्रत्येक वडा वडामा घुम्टी शिविर मार्फत योजना सम्झौता र बैंक खाता खोल्ने कामलाई तिब्रता दिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको ९५ प्रतिशत योजनाहरुको सम्झौता गर्ने काम सकि सकिएको छ ।
मरासिनीले पर्यटकीय स्थलहरुको प्रचार प्रसारलाई तिब्रता दिदै आन्तरिक र बाह्य पर्यटनलाई अगाढि बढाउने बताउनुभयो । उहाँले जनप्रतिनिधी र कर्मचारीहरुकोबीचको तादाम्यताले काम कारबाहीमा सहजता रहेको जानकारी गराउनुभयो ।
उहाँले मुस्कान सहितको सेवालाई निरन्तरता दिदै आएको जिकिर पनि गर्नुभयो ।