सुर्य भुसाल
माघ २९ गते अर्घाखाँची । अर्घाखाँचीको सितगगा नगरपालिकामा निर्माण भईरहेको चाक्ला सिद्धारा सडककाे काम तिब्र गतिमा अगाडि बढिरहेको छ ।
चाक्ला देखि सिद्दार जोडने यो मोटरबाटो अर्घाखाँची जिल्लाको नमुना तथा ऐतिहासिक मोटरबाटोको रुपमा अगाडि बढेको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरण को अार्थिक सहयोग मा निर्माण हुन लागेको छ।
झन्डै २८ करोड को लागतमा निर्माण भईरहेको मोटरबाटो अर्घाखाँची जिल्ला को नमुना खालको बाटो हुने प्राबिधिकले बताएका छन ।मोटरबाटो को काम अहिले पनि तिब्र गतिमा अगाडि बढिरहेको छ वाल लगाउने नालि काटनु को साथै ग्राभेल गर्ने काम समेतले तिब्रता लिएको छ ।
सरकार सग गरेको सम्झौता अबधि भित्र काम सम्पन्न गर्ने गरि दुर्त गतिमा काम अगाडि बढाईएको छ।