अर्घाखाँचीडट्कम संवाददाता
भुमिकास्थान माघ २९ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भुमिकास्थान नगरपालिकाका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
नेकपाका केन्द्रीय सदस्य नजिर मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विक, राष्ट्रिय सभा सांसद चन्द्रबहादुर खड्का, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घमिरे, नेकपाका प्रदेश सदस्य ठाकुर कुमार विक, छमकुमारी खनाल, तोजबहादुर रायमाझी, प्रदेश सांसद जाल्पा भुसाल, सन्धिखर्कका अध्यक्ष श्रीकृष्ण भुसाल, पाणिनिका अध्यक्ष कमल घिमिरे, भुनपाका नगर प्रमुख रेशम थापा, नेकपा नेताहरु प्रेम गैरे, नगर कार्यदल सदस्य सुभाष वञ्जाडे नगर कार्यदल सदस्य खगेश्वर पन्थी लगायतले मन्तव्य राख्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेकपा भुमकिास्थानका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षता, नगर कार्यदल सदस्य रुद्रमणि खनालको स्वागत मन्तव्य र सचिव मणि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।