सन्धिखर्कमा गौरीशङकर बोर्डिङ स्कुलको सप्ताह ब्यापी खेलकुद प्रतियोगिता शुरु (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क । गौरीसंङकर बोर्डिङ स्कुलद्वारा आयोजित सप्ताह ब्यापी खेलकुद प्रतियोगिता शुरु भएको छ । 
खेलकुदको नगरप्रमुख कमल प्रसाद  भुसालले एक भब्य समारोहबीच टुडिखेलमा उदघाटन गर्नु भएको हो । 
कार्यक्रमलाई उदघाटन गर्दै नगरप्रमुख भुसालले अतिरिक्त क्रियाकलापमा भागलिने बिधार्थीहरुले पढाइमा पनि राम्रो नतिजा ल्याउन सक्ने दावी गर्दै गौरीसंङकर बोर्डिङ स्कुल जिल्लाको उत्कृष्ट बोडिङको रुपमा बिकास भएको बताउदै  स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित अगाडि बढेकोमा धन्यवाद दिनु भएको थियोे । 
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली नेपाल पत्रकार महासंघ अध्यक्ष हिम “लेकाली” अभिभावक संघका अध्यक्ष शेष कान्त अोसन लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम प्रिन्सिपल गणेश क्षेत्रीको मन्तब्य बिषय बस्तुमाथि प्रबेशबाट सुरु भएको कार्यक्रम को सन्चालन शिव बेल्वासेले गर्नु भएको थियोे ।
खेलकुदमा बिधार्थीहरुले भाग लिएका छन भने अभिभावकहरुको समेत खेलकुद गराईएको थियोे । खेल एकसाता सम्म चल्ने छ ।

अन्य समाचारहरु