अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची १ फागुन । नेकपा अर्घाखाँचीले जनयुद्ध दिवसको अवसर पारि सन्धिखर्क अस्पतालमा रहेका विरामीहरूलाई हर्लेक्स वितरण गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य नजिर मियाँ, बोमबहादुर विक, राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का (उज्जवल), नेकपा प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद चेतनारायण आचार्य, प्रदेश सदस्यहरू ठाकुर कुमार विक, छमकुमारी खनाल (चिनारी), जिल्ला कार्यदल सदस्य जनार्दन खनाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगन्नाथ तिवारी लगायत अन्य नेकपाका नेताहरूले समेत हर्लेक्स वितरण गरे ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य मियाँले जनयुद्धले ठूलो परिवर्तन ल्याएको भन्दै यो दिवसलाई सधै स्मरण गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रदेश सदस्य तथा जिल्ला कार्यदल सदस्य तोजबहादुर रायमाझी (विधान)को सञ्चालनमा सम्पन्न भएको हो ।